सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः माउण्ट हर्मोन बोइज क्लब विजयी

photocollage_2023713163819578.jpg

१३ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा माउण्ट हर्मोन बोइज क्लबले सजिलै म्याच जित्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा बिहीवार खेलिएको म्याचमा माउण्ट हर्मोन बोइज क्लबले दार्जीलिङ डिस्ट्रिक्ट हस्पिटल एफसी-लाई ४-०-ले पिट्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट प्रणीत पाख्रिनले २ गोल गरे। यसबाहेक सिद्धान्त पिवाल र राकेश सार्कीले १-१ गोल गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement