सीसीसीटीमा आयोजित तीन दिवसीय योगको समापन

IMG-20240319-WA0242.jpg

गान्तोक: नाम्ची जिल्ला अन्तर्गत जोरथाङमा सञ्चालित सीसीसीटीमा आयोजित तीन दिवसीय योग एवम् मेडिटेसन शिविरको समापन भयो। गत १५ मार्चदेखि शुरू भएको तीन दिवसीय कार्यक्रमको १७ मार्चको दिन समापन भएको थियो।

हार्टफुलनेस सेन्टरको पहलमा मेकानिकल इञ्जिनियरिङ र सिविल इञ्जिनियरिङका प्रथम वर्षका विद्यार्थीहरूलाई लिएर तीन दिवसीय शिविरको आयोजना गरिएको थियो। हार्टफुलनेस एउटा संस्थान हो, जसले योगका सिद्धान्तहरूमा आधारित ध्यान र विश्राम प्रविधिहरूलाई बढावा दिन्छ। यी केन्द्रहरूले आन्तरिक शान्ति, सन्तुलन र कल्याणलाई प्रवर्द्धन गर्ने उद्देश्यले ध्यान अभ्यासहरूमा प्रशिक्षण र मार्गदर्शन प्रदान गर्दै आइरहेको छ।

यस अवसरमा मेकानिकल इञ्जिनियरिङका ३३ जना र सिविल इञ्जिनियरिङका २ जना गरि कूल ३५ जनाले सहभागिता जनाएका थिए। पहिलो दिनको कार्यक्रमको सञ्चालन अवकाशप्राप्त संयुक्त निर्देशक नरेन्द्र कुमार चौरासिया, वरिष्ठ अभियन्ता राजु तामाङले योग गर्नाले मानिसले जीवनमा के लाभ पाउन सक्छ भन्नेबारेमा जानकारी गराए।

About Author

Advertisement