सीपीआईएम प्रार्थी सचिन खातीले जमीनको पर्जापट्टा, पर्टयन बारे शिक्षित युवावर्गलाई लिएर काम गर्ने

photocollage_2022617223412895.jpg

खरसाङ: आउँदोजीटीए चुनावको लागि लङ्भ्यु अम्बटे पंखाबारी समष्टिबाट सीपीआईएमको प्रार्थीको रुपमा चुनाव लड़िरहेका सचिन खातीले रोहिणीमा पत्रकार सम्मेलन गरेर स्थानीय तहको सरकार नभएको कारणले साधारण जनताले धेरै दु:ख पाइहेकोले जनताको समस्याहरू समाधान गर्नलाई आफुहरू लोकतान्त्रिक प्रणाली अनुसार यसपालीको चुनावमा भाग लिएको बताएका छन्। उनले हामी कोही नपुगेको स्थानमा हामी पुग्छौं अनि निम्न स्तरको मानिस, गरीब र श्रमिकहरूको पक्षमा कार्य गर्छौं, त्यसैले पनि हामी जनता समक्ष पुग्दा इमान्दार पार्टी र श्रमिकहरूको आफ्नै पार्टी आएको जस्तो लाग्छ भनी जनताले बताइने गरेको भनी बताएका छन्। सीपीआईएमको प्रार्थी सचिन खातीले हामीले लगातार रुपमा यस समष्टिभित्र पर्ने विभिन्न चियाबारीका श्रमिकहरूलाई भेट्न कार्य गरिरहेको भन्दै यसपाली जनताले परिवर्तन चाहेको अनि सक्दो रुपमा सही मान्छेलाई र सहयोग गर्ने व्यक्तिलाई जिताउने निर्णय गरिरहेको र हामीले सचेत नागरिकहरू, शिक्षित जमात र इमान्दार नागरिकहरूलाई भेट्ने प्रयास गरिरहेको साथै शिक्षित युवावर्गलाई अघि लगेर कार्य गरिरहेको बताएका छन्। यसपाली गाउँकै व्यक्ति, सदैव सहयोग गर्ने र गाउँ घरको मुद्दालाई साथ दिने, समस्या पर्दा सहयोग गर्ने व्यक्तिलाई  सहयोग गर्ने भएको छ। यसपाली आफ्नो कार्य हेरेर पनि जित्ने कुरामा आशावादी रहेको बताएका छन्। सीपीआईएमको प्रार्थी सचिन खातीले रोहिणीको जमीनको मुद्दा राज्य स्तरमा लगेको र कोलकोतासम्म पुगेर कार्य गरेको बताउँदै आफुले जितेको खण्डमा रोहिणी, गाडीधुरा र दुधे क्षेत्रको जमीनको पर्जापट्टा दिलाउन कार्य गर्ने अनि यसको लागि साझा मञ्च तयार पारेर कार्य गर्ने बताएका छन्। खातीले रोहिणी क्षेत्रमा पर्टयन व्यवसायलाई अघि लानलाई परिकल्पना तयार पारेको बताउँदै रोहिणीमा झील छ तर पर्यटक छैन, मन्दिर छ तर परिकल्पना छैन, रोपवे बनिन्दैछ तर छ वर्षदेखि काम अझैं पूरा भएको छैन, लज छ तर त्यसको कुनै प्रयोग भएको छैन, अस्पताल बनियो तर डक्टर छैन, त्यसैले म ती सबै कुरालाई ध्यानमा राखेर रोहिणी क्षेत्रमा पर्टयन व्यवसायलाई परिकल्पनासहित पूर्वाधारहरू विकास गर्न कार्य गरिने बताएका छन्। उनले मेरो मुख्य कार्य जति पनि शिक्षित युवाहरू बेरोजगार भएर बाहिर काम गर्नलाई बाहिर गएका छन् ती सबै शिक्षित युवावर्गलाई गाउँमै ल्याएर रोजगार टके अवसरहरू प्रदान गर्नु र युवाहरूलाई लिएर को-ओपरेटिभ सोसाईटी गठन गरेर कार्य गरिने बताएका छन्। समष्टी क्षेत्रमा एउटा स्टेडियम बनाउने योजना रहेको समष्टिभित्र पर्ने पाँचवटा चियाबारीका महिला श्रमिकहरूको लागि मेलोमा नै शौचालयहरू निर्माण कार्य गर्न कार्य गरिने बताएका छन्।

About Author

Advertisement