निर्दलीय प्रार्थी पत्रकार सुवास छेत्रीद्वारा अम्बटे क्षेत्रमा चुनाव प्रचार

Subash-Chettri-1

‘‘अब चियाबारीको समस्याहरू चियाबारीकै मान्छे अघि आएर समाधान गर्नुपर्छ’’

खरसाङ: खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेका पत्रकार सुवास छेत्रीले आफ्नो चुनाव प्रचारको कार्यलाई अझ तेज गरेका छन्। आज पत्रकार सुवास छेत्रीले खरसाङको अम्बटे चियाबारीमा चुनाव प्रचार गरेका छन्। उनले अम्बटे चियाबारीका जनतालाई घर घर गएर भेट्ने कार्य गरेका छन्। पत्रकार सुवास छेत्रीले घर घर पुगेर जनताको समस्याहरू र दु:खेसोहरू बुझ्ने कार्य गरिरहेको जानकारी गराएका छन्। उनीसित भूतपूर्व सैनिक संगठनको सचिव मणिकुमार छेत्रीलगायत अम्बटेका प्रतिनिधिहरू उपस्थित रहेका थिए। आफ्नो चुनाव प्रचारको क्रममा पत्रकार सुवास छेत्रीले अब चियाबारीको समस्याहरू चियाबारीकै मान्छे नै अघि आएर कार्य गर्नुपर्छ कारण चियाबारीकै मान्छेले नै चियाबारीको समस्याहरू राम्ररी बुझ्छन् भन्दै यसै कारण पनि आफु चियाबारीको समस्याहरू बुझेर समाधान गर्नलाई कम्मर कसेको बताएका छन्। पत्रकार छेत्रीले अब जनता लालजमा नपरी आफुले चाहेको र योग्य व्यक्तिलाई भोट हाल्ने निवेदन गरेका छन्। उनले आज अम्बटे चियाबारीको घर घर पुगेर जनताको समस्याहरू बुझ्ने प्रयास गरेको बताउँदै हामी कुनै राजनैतिक दलसित सम्बन्धित छैनौं र स्वतन्त्र रुपमा चुनाव लड़िरहेको बताएका छन्। उनीसितै रहेका भूतपूर्व सैनिक संगठनको सचिव मणिकुमार छेत्रीले पनि सम्बोधन गर्दै मैले नि:स्वार्थ भावमा गाउँकै भाइ सुवास छेत्रीलाई समर्थन गर्नलाई मैले मेरो नामांकन पत्र फिर्ता लिएको थिए र अहिले म पनि भाइसितै चुनाव प्रचारमा रहेको बताएका छन्। उनले आज हामी निर्दलीय प्रार्थी सुवास छेत्रीको पक्षमा चुनाव प्रचार गर्दै अम्बटे चियाबारी आएको बताउँदै सुवास छेत्रीले चियाबारीहरूको समस्याहरू नजिकबाट बुझिरहेका छन् भनी बताएका छन्। उनले हामी प्रचारमा जाँदा जनताको तर्फबाट के चाल पायौं भने जनताहरू राजनैतिक दलको नेताहरूदेखि वाक्कै भएको र यसपाली स्वतन्त्र प्रार्थी पत्रकार सुवास छेत्रीलाई सबैले भोट गरिदिने निवेदन गरेका छन्।

About Author

Advertisement