पश्चिम पाण्डामबाट ‘क्याप’ को नागरिक जागरण यात्रा शुरु

IMG-20240220-WA0194.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमको नागरिक जागरण यात्रा हिजो पाक्योङ जिल्लाको १८ पश्चिम पाण्डामबाट शुरु गरियो। रम्फू गेटमा पार्टीका मुख्यमन्त्री उम्मेद्वार गणेश राईलाई पाक्योङ जिल्लाका कार्यकारी अध्यक्ष तथा अन्य नेताहरूले सम्मान जनाएका थिए। डुगा ग्राम पञ्चायतको खानी वार्डमा विभिन्न आँगने सभाहरु भएका थिए। यस्तै सिङ्लेबुङ वार्ड पश्चिम पाण्डाममा समेत नागरिक भेटघाट् भएको थियो। आज २० फरवरीको दिन रेसी वार्ड रिनाक ग्राम पञ्चायतमा नागरिक भेटघाट् औ सभा भयो। रिनाक समष्टिका विभिन्न ग्राम पञ्चायत युनिटमा सभाहरु भइरहेका छन्। यसबीच धेरै नागरिकहरू पार्टीमा सामेल हुने क्रम जारी रहेको जारी प्रेस बयानमा उल्लेख छ। यात्राको क्रममा पाक्योङ जिल्लाका कार्यवाहक अध्यक्ष, कार्यकारी अध्यक्ष, उपाध्यक्ष संयोजन, जिल्ला तथा समष्टिका कार्यकर्ता सक्रियरूपमा संलग्न रहेका थिए। स्थानीय नागरिकहरुले अबको विकल्प केवल सिटिजन एक्सन पार्टी सिक्किममात्रै हो भनेर यस पार्टीमा बढो चासो देखाइरहेका छन् भनी पार्टीले दाबी गरेको छ। आगामी २४ फरवरीसम्म पाक्योङ जिल्लाको विभिन्न समष्टिमा नागरिक जागरण यात्रा रहनेछ।

About Author

Advertisement