“सिस्टम ठीक गर्ने काम मेरो, तर शिक्षालाई ठीक गर्ने काम शिक्षकको हो”: अनित थापा

IMG-20220703-WA0141.jpg

खरसाङ: संयुक्त माध्यमिक शिक्षक संगठनले खरसाङ स्थित मोहपाल होटलमा एउटा कार्यक्रम आयोजना गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापालाई भर्खरै समापन भएको जी टी ए चुनावमा बहुमत ल्याएर जीत हासिल गरेकोमा बधाई दिएका छन्।

सभालाई सम्बोधन गर्दै अनित थापाले भने, ” शिक्षामा जतिको चुनौती अरु कुनै क्षेत्रमा छैन होला। पहाडमा सिस्टम ठप्प छ। शिक्षाको स्थिति पनि डावाँडोल छ। सिस्टम ठीक गर्ने काम मेरो, तर शिक्षालाई ठीक गर्ने काम शिक्षकको हो। आगामी पाँच वर्षमा पहाडको शिक्षा मा नै परिवर्तन ल्याउनु पर्छ।”

कार्यक्रममा नव निर्वाचित सभासद रतन थापा, केन्द्रिय समिति सदस्य ज्योति कुमार राई, खरसाङ महकुमा समितिका महा सचिव प्रणाम रसाइली को पनि उपस्थिति रहेको थियो।
चन्द्र भण्डारीले सभालाई सञ्चालन गरेका थिए।

About Author

Advertisement