सिविटारमा रोड निर्माणको लागि शिलान्यास

IMG-20260209-WA0071

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत सिविटारको गैरी गाउँदेखि सिविटार तितिरी खेल मैदानसम्म पुग्ने रोडको मरमत्तिको कार्यको लागि पूजा अर्चनासहित शिलान्यास गरिएको छ। आईआरडीएफमार्फत् निर्माण गरिएको उक्त रोडको अहिले जीर्णावस्थामा पुगेको कारणले गर्दा यस रोडको मरमत्तिको कार्य शुरु शुरु गर्नलाई पूजा अर्चना गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा कर्माध्यक्ष दावा वाङ्दी लामा, पञ्चायत सदस्य राजीव तामाङ लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २६२ बुथका पदाधिकारीहरु र स्थानीयहरु उपस्थित रहेका थिए। लगभग २ किलोमिटर लामो उक्त रोडको मरमत्तिको कार्य मंगलबारदेखि सुरु हुने भएको जानकारी प्राप्त भएको छ। यस शिलान्यास कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी ग्राम पञ्चायतको पञ्चायत सदस्य राजीव तामाङले आईआरडीएफमार्फत् निर्माण गरिएको यस रोडको मरमत्तिको कार्य गरिने जानकारी गराएका छन्। उनले यस रोड गत वर्खाको समयमा निक्कै क्षतिग्रस्त भएको थियो र अब यस रोडको विभिन्न स्थानहरुमा भएको क्षतिको मरमत्ति गरिने भएको बताएका छन्। उनले यस रोडको मरमत्तिको लागि स्थानीयहरु र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बुथ नम्बर २६२ को तर्फबाट जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।

About Author

Advertisement