सिलगढी: सड़क सुरक्षालाई अझ सुदृढ़ बनाउनु अनि ट्राफिक नियमहरूको कड़ाईसँग पालन सुनिश्चित गर्ने आफ्नो निरन्तर प्रतिबद्धता अनुरूप, सिलगढी पुलिस कमिश्नरेट अन्तर्गतका सबै ट्राफिक गार्डहरूद्वारा मापसे (रक्सी) खाएर गाड़ी कुदाउनेहरू विरुद्ध एउटा विशेष अभियान चलाइयो। यसको साथै शहरका मुख्य-मुख्य ठाउँहरू, जस्तै सपिङ मल, बजार अनि अन्य भीड़भाड़ हुने सार्वजनिक स्थलहरू बाहिर कड़ा नाका चेकिङ पनि गरियो।
हाम्रो उद्देश्य: यो अभियान चालकहरूमा जिम्मेवारीबोध बढ़ाउनु, ट्राफिक नियमहरूको उल्लंघनलाई रोक्नु अनि मापसे गरेर गाड़ी कुदाउँदा हुने सड़क दुर्घटनाहरूलाई कम गर्नुका निम्ति चालिएको हो, ताकि सबैका लागि सड़क सुरक्षित बन्न सकोस्।









