सिलगढी: मारवाडी युवा मञ्च सिलगढीको तर्फबाट कृत्रिम अंग वितरण कार्यक्रमको आयोजना गरिएको थियो। सिलगढी नगरनिगमको ४३ नम्बर वार्डको नेशनल मारवाडी फाउन्डेसन राष्ट्रिय विकलाङ्ग सेवा केन्द्रमा सक्षम नामक कार्यक्रमको आयोजना गरेर कृत्रिम अंग वितरण गरिएको थियो। २० अगस्तदेखि शुरू गरिएको यस कार्यक्रमको आज समापन गरियो। यस कार्यक्रममा उत्तरबंगको विभिन्न जिल्ला लगायत बिहार, छिमेकी राज्य सिक्किम, नेपालबाट आएका २०० भन्दा अधिक विकलाङ्गहरूलाई कृत्रिक अंग वितरण गरियो। यसको साथै कार्यक्रममा विभन्न संगठनलाई संवर्द्धना पनि गरियो।








