सिलगढी: सिलगढी पुलिस कमिश्नरेट अन्तर्गत माटीगाडा थाना क्षेत्रको उत्तरायन टाउनसिपका बासिन्दाको हराएको सामान पुलिसको द्रुत कारबाहीपछि सकुशल बरामद गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।
माटीगाडा थाना अन्तर्गत उत्तरायन टाउनसिप (डी-३, बङ्गला नं ०३२०) का बासिन्दा अधिवक्ता सजल विश्वासले २० अगस्ट २०२६ का दिन साँझ करिब ८:०० बजे आफ्नो फुड ग्रिलर मेसिन अटो रिक्सामा भुलवश छुटेर हराएको जानकारी गराएका थिए।
घटनाको सूचना पाउने बित्तिकै माटीगाडा थाना अन्तर्गतको उत्तरायन आउटपोस्टको पुलिस टोलीले खोजतलास तीव्र पारेको थियो। पुलिसको प्रभावकारी र तत्पर कारबाहीका कारण हराएको फुड ग्रिलर मेसिन सफलतापूर्वक फेला पारियो। आवश्यक छानबिन र प्रक्रिया पूरा गरी उक्त मेसिन आज आधिकारिक रूपमा अधिवक्ता विश्वासलाई हस्तान्तरण गरिएको छ।
सिलीगुड़ी पुलिस कमिश्नरेटले नागरिककेन्द्रित, तत्पर र जिम्मेवार पुलिस सेवा प्रदान गर्न आफूहरू सधैँ प्रतिबद्ध रहेको जनाएको छ।










