सिलगढी पुलिसद्वारा ब्राउन सुगरसहित एक जना गिरफ्तार

FB_IMG_1786207078984

सिलगढी: सिलगढी पुलिस कमिसनरेटअन्तर्गत माटीगाढा थानाको सादा पोसाकको टोलीले छापा मारेर ठूलो मात्रामा ब्राउन सुगरसहित एक जनालाई गिरफ्तार गरेको छ। विशेष सूचनाको आधारमा ७ अगस्ट २०२६ को साँझ दार्जिलिङ जिल्लाको माटीगाढा थाना क्षेत्रअन्तर्गत परिवहन नगरस्थित बन्टी ढाबाअगाडि तथा कोको पेट्रोल पम्पपछाडि अभियान चलाएर पुलिसले उक्त कारबाही गरेको हो।
​कारबाहीका क्रममा दार्जिलिङ जिल्लाको माटीगाढा गरुहाट निवासी ३८ वर्षीय मो. बबलु उर्फ बुलेट उर्फ बुक्ला उर्फ मो. राजुलाई नियन्त्रणमा लिइएको छ। खानतलासी गर्दा उनको साथबाट २७८ ग्राम संदिग्ध ब्राउन सुगर र १ वटा एन्ड्रोइड मोबाइल फोन बरामद गरी कानुनी प्रक्रियाबमोजिम जफत गरिएको छ।
​यस घटनाका सम्बन्धमा माटीगाढा थानामा नारकोटिक ड्रग्स एन्ड साइकोट्रोपिक सब्सटन्सेज (एनडीपीएस) ऐनअन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया पूरा गरिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।

About Author

Advertisement