सिलगढी: सिलगढी पुलिस कमिस्नरेट अन्तर्गतको न्यू जलपाईगुडी (एनजेपी) थाना पुलिसले सक्रियता देखाउँदै चोरी भएका विभिन्न विद्युतीय सामानहरू बरामद गर्नुका साथै दुई जना अभियुक्तलाई पक्राउ गरेको छ। पुलिसको आधिकारिक सञ्चार शाखाका अनुसार बुधबार न्यू जलपाईगुडी थाना क्षेत्र अन्तर्गत पर्ने जटियाकालीस्थित एउटा बोइलर ब्रिडिङ फार्मबाट विद्युतीय तार र कुलिङ प्याड पम्पको मोटर चोरी भएको उजुरी दर्ता गरिएको थियो। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै न्यू जलपाईगुडी थानाको विशेष पुलिस टोलीले तुरुन्तै छापा मारी चोरीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ पर्ने अभियुक्तहरूमा एनजेपीकै च्याङ्ग्राबान्धा निवासी १९ वर्षीय अविनाश ओरावँ र २० वर्षीय विकी मण्डल रहेका छन्।

पुलिसले उनीहरूको साथबाट चोरी भएका सम्पूर्ण विद्युतीय तार र पम्पको मोटर सफलतापूर्वक बरामद गरी जफत गरेको छ। पक्राउ परेका दुवै अभियुक्तमाथि कानुनी कारबाही अघि बढाउँदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









