सिलगढी: सिलगढी शहरमा हालमा डेङ्गुको मामला निक्कै बढ्दै गइरहेको छ।तर नगरनिगमको तर्फबाट भने अहिलेसम्म यस दिशामा कुनै ठोस कदम भने उठाएको छैन। सिलगढी नगरनिगम केवल पर्व, कार्निभल र पदयात्रामा व्यस्त रहेको छ। वामपन्थी पार्षदहरूले वर्तमान नगरनिगमविरुद्ध यस प्रकारको आरोप लगाउँदै आज नगरनिगम कमिश्नरको दैलो खटखटाएका छन्। नगरनिगमको वामपन्थी पार्षदहरूको आरोप अनुसार डेङ्गुको मामिला दिन प्रतिदिन बढ्दै गइरहेको छ।









