सिलगढी: ट्राफिक पुलिसद्वारा ‘नाका चेकिङ’ र ‘ब्रेथ एनालाइजर टेस्ट’ तीव्र

6b43793d-e2b2-42dc-8e64-f04170a9c544

सिलगढी: सडक सुरक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले सिलगढी पुलिस कमिश्नरेट अन्तर्गत सिलगढी ट्राफिक पुलिसले शहरका विभिन्न रणनीतिक स्थानहरूमा नियमित नाका चेकिङ तथा ब्रेथ एनालाइजर (मापसे) परीक्षण अभियान तीव्र पारेको छ।
​मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरूविरुद्ध कडा कानुनी कारबाही अघि बढाइएको पुलिसले जनाएको छ। सडक दुर्घटना न्यूनीकरण गर्न र आम सर्वसाधारणको यात्रा सुरक्षित बनाउन यो कदम चालिएको हो।
​सिलगढी पुलिसले ‘मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाउन’ सबैमा अपील गर्दै सिलगढीका सडकहरूलाई सुरक्षित बनाउने यस अभियानमा हातेमालो गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

About Author

Advertisement