सिलगढी जिल्ला अस्पताल बिजुलीको लाइन गएपछि घण्टौँसम्म अँध्यारोमा

IMG_20220921_213712.jpg

सिलगढी: आज लगातार केही घण्टासम्म बिजुलीबत्ती नभएकोले सिलगढी जिल्ला अस्पतालको इमरजेन्सीदेखि लिएर विभिन्न वार्डहरूमा अँध्यारो छाएको देखियो। बिजुलीको लाइन नभएकोले डाक्टर, नर्स, रोगी तथा अस्पतालका कर्मचारीहरूले धेरै असुविधाको सामना गर्नपर्यो। अस्पतालमा बिजुलीको लाइन नभएपछि जेनरेटर नचलाएकोले गर्दा सबै वार्ड लगायत अब्जर्भेशन वार्ड समेत अँध्यारो थियो। अस्पतालका कर्मचारीहरू बिजुलीको लाइन नभएपछि आफ्नो मोबाइलको लाइट र टर्चको सहयोगमा काम गर्न बाध्य भए। यसको साथै बिजुलीको लाइन नहुँदा रोगीहरूलाई निक्कै असुविधा भएको बताइएको छ। यसैगरी, अस्पतालको लिफ्ट समेत बन्द भएकोले रोगीहरू सिँढीबाट नै दोस्रो तथा तेस्रो तल्लासम्म जान बाध्य बनेपछि तिनीहरूले धेरै असुविधाको सामना गर्न परेको पनि देखियो। यस सम्बन्धमा अस्पताल अधीक्षक डा. चन्दन घोषले भने, लोक निर्माण विभागको बिजली विभागले यस मामिलाको जाँच गर्यो। जाँचमा अस्पतालको जेनरेटर खराब रहेकोले लगभग २ घण्टासम्म बिजुलीको लाइन नहुँदा अस्पतालमा अँध्यारो हुनको साथै धेरै असुविधा भएको थियो।

About Author

Advertisement