सिलगढी: उपभोक्ता अधिकार र खाद्य सुरक्षाका लागि पुलिसको छापा, खानाको नमुना सङ्कलन

FB_IMG_1788505182948

सिलगढी: उपभोक्ता अधिकार संरक्षण सप्ताह तथा खाद्य मिसावटविरुद्धको अभियानका क्रममा सिलगढी पुलिस कमिश्नरेटले भक्तिनगर र माटीगाढा क्षेत्रमा विशेष अनुगमन तथा छापा मारेको छ।
​प्रवर्तन शाखाका सहायक प्रहरी आयुक्त फारुक मोहम्मद चौधरीको नेतृत्वमा खटिएको पुलिस तथा निजामती विभागका अधिकारीहरूको संयुक्त टोलीले बजार अनुगमन गरेको हो। टोलीले बजार मूल्य र खाद्य वस्तुको गुणस्तर निरीक्षण गर्नुका साथै उपभोक्ता तथा व्यापारीहरूसँग छलफल गरेको थियो।
​अनुगमनका क्रममा गुणस्तर परीक्षणका लागि कानुनी प्रक्रिया पुर्‍याएर विभिन्न खाद्य पदार्थको नमुना सङ्कलन गरिएको सिलगढी पुलिसले जनाएको छ। बजारमा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य सुरक्षा सुनिश्चितता र कालोबजारी रोक्न अभियानलाई निरन्तरता दिइएको पुलिसको भनाइ छ।

About Author

Advertisement