सिलगढी: अपहरणमा परेकी १७ वर्षीया बालिकाको बिहारबाट उद्धार, अभियुक्त पक्राउ

IMG-20260827-WA0019


सिलगढी: अपहरणमा परेकी एक १७ वर्षीया नाबालिग बालिकालाई पुलिसले सकुशल उद्धार गरेको छ। सिलगढी पुलिस कमिश्नरेट अन्तर्गतको माटीगाढा थाना टोलीले भारतको बिहारस्थित कोल्था क्षेत्रमा छापा मारेर बालिकाको उद्धार गर्नुका साथै अपहरणमा संलग्न अभियुक्तलाई पक्राउ गरेको हो।
​माटीगाढा थानामा २५ अगस्ट २०२६ मा परेको जाहेरी अनुसार २४ अगस्ट २०२६ का दिन १७ वर्षीया बालिकालाई सुरज कुमार बारुई नामक व्यक्तिले अपहरण गरी अज्ञात स्थानतर्फ लगेका थिए। उक्त उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धानको जिम्मेवारी सहायक उपनिरीक्षक (एएसआई) बलराम रोयलाई सुम्पिएको थियो।
​अनुसन्धानका क्रममा प्रहरी टोलीले कल डिटेल रेकर्ड (सीडीआर), टावर लोकेसन र गुप्तचर सूचनाको सुक्ष्म विश्लेषण गरेको थियो। प्राप्त सूचनाका आधारमा एएसआई बलराम रोयको नेतृत्वमा खटिएको पुलिस टोलीले २६ अगस्ट २०२६ का दिन बिहारको कोल्थामा छापा मारी बालिकालाई सकुशल उद्धार गर्नुका साथै अभियुक्त सुरज कुमार बारुईलाई नियन्त्रणमा लिएको हो।
​बालबालिकाको सुरक्षा र संरक्षणका लागि प्रतिबद्ध रहेको जनाउँदै सिलगढी पुलिस कमिश्नरेटले यस्ता अपराधमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कानुनी कारबाही जारी रहने बताएको छ।

About Author

Advertisement