सिलगढीमा लाखौंको लागुऔषधसहित ३ आरोपी पक्राउ

e33457a3-b235-4c71-9ab4-b8fe0dff6c1e

सिलगढी: सिलगढी महानगरीय पुलिस विशेष अपरेशन ग्रुप र बागडोगरा पुलिस स्टेशनले संयुक्त छापा मारेर बागडोगरा क्षेत्रबाट लाखौंको लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। यस छापामारीमा ८०० ग्राम ब्राउन सुगर बरामद भएको छ। उनीहरूको साथबाट चाँदीको टाटा सुमो गाडी समेत बरामद गरिएको छ।

गोप्य सूचनाको आधारमा बागडोग्रा थाना इलाकामा पुलिसले टाटा सुमो गाडीलाई रोकेर खोजी गर्दा त्यसमा ८ सय ग्राम ब्राउन सुगर बरामद भएको हो। घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ भने सबै मालदा जिल्लाका रहेको बताइएको छ। बरामद लागुऔषधको मूल्य करिब १५ लाख रहेको अनुमान गरिएको छ।

About Author

Advertisement