सिलगढीमा महुन बगान दिवस: पर्यटनमन्त्री घोष सम्मानित

Screenshot_20260729_225549_YouTube

सिलगढी: महुन बगान दिवसको अवसरमा सिलगढी मारिनर्स फ्यान क्लबले बाघाजतीन क्लब नजिक विविध कार्यक्रमको आयोजना गरी उत्सव मनाएको छ।
​दिनभर सञ्चालित उक्त कार्यक्रमको शुभारम्भ क्लबको झण्डात्तोलन गरी गरिएको थियो। सो क्रममा महुन बगान क्लबका पूर्वअध्यक्ष स्व. स्वपन साधन (टुटु) बोसको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरियो।
​दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रमहरू समेत सम्पन्न भएका छन्। कार्यक्रममा पश्चिम बङ्गालका पर्यटनमन्त्री डा. शङ्कर घोषको विशेष उपस्थिति रहेको थियो। सो अवसरमा सिलिगुडी मारिनर्स फ्यान क्लबका तर्फबाट मन्त्री डा. घोषलाई सम्मान तथा नागरिक अभिनन्दन गरिएको थियो।

About Author

Advertisement