अखिल भारतीय गोर्खा विद्यार्थी महासंघको पूर्णाङ्क समिति गठन

IMG-20250707-WA0121

दार्जिलिङ: आज अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ, केन्द्रीय समितिको पूर्णाङ्क समिति गठन गरिएको छ। महासंघको अध्यक्ष विश्वास गुरूङको अध्यक्षतामा सम्पन्न उक्त समितिमा विभिन्न पदाधिकारीहरूको चयन गरिएको छ।

नवनिर्वाचित केन्द्रीय समितिको पदाधिकारीहरुमा‌ अध्यक्ष विश्वास गुरुङ, कार्यकारी अध्यक्ष विश्वास क्षेत्री, उपाध्यक्षहरुमा सन्दीप क्षेत्री, डेविस क्षेत्री, निरेन गुरुङ र विवेक गोले चयन भएका छन्। त्यसरी नै महासचिवमा‌ भुपेन्द्र क्षेत्री, सह सचिवमा सागर शर्मा र विवेक गोले, सांगठनिक सचिवमा क्षितिज तामाङ र जशयन्त गिरी, प्रवक्तामा सन्दीप दियाली र राकेश ढकाल, कानुनी सल्लाहकारमा रुशाद ब्लोन र दावा भुटिया चयन भएका छन्

त्यसरी नै कार्यकारी सदस्यहरूमा विनय गुरुङ, कर्म वाङ्क्षुक डुकपा, देवाशीष जोशी, दिवस क्षेत्री, बृजेश तामाङ, स्रिलिया लेप्चा, योगेश गुरुङ, दीपेन मुखिया, विवेक भण्डारी, लेखनाथ गिरी, रोसन राई, साम्देन मोक्तान आदि चयन भएका छन्।
सभामा उपस्थित वक्ताहरूले विभिन्न महाविद्यालयमा रहेका विद्यार्थीहरूलाई महासंघको महत्व र भूमिकाबारे जानकारी गराएका थिए। आगामी २० अगष्ट नेपाली भाषा मान्यता दिवस भव्य रूपमा मनाउने निर्णय महासंघले गरेका छन् भने प्रत्येक महाविद्यालय, विद्यालय, कार्यालय तथा पसलहरूमा नेपालीमा लेखिएका साइनबोर्डहरू अनिवार्य गर्ने अभियान सञ्चालन गरिने जानकारी समेत सभामा दिइएको थियो। यो सभा एकदमै फलदायक रहेको र सम्पूर्ण उपस्थित विद्यार्थीहरूलाई धन्यवाद जनाएको प्रेस विज्ञप्ति मार्फत् जानकारी प्राप्त भएको छ।

About Author

Advertisement