सिलगढीमा ग्यास सिलिन्डरमा आगो लाग्दा त्रासको माहोल श्रृजना

IMG-20240102-WA0126.jpg

सिलगढी: हरेक दिन जस्तै मङ्गलबार बिहान करिब ११ बजे फुलबारी नं. १ ग्राम पञ्चायतको कमरांगागुरी क्षेत्रमा रहेको घरको भान्छामा चिया पकाउनेक्रममा अचानक एलपीजी सिलिन्डरबाट आगो निस्कन थाल्यो। आगो एक्कासी बढ्न थालेपछि घरकी महिला चिच्याई र भान्साबाट बाहिर भागिन्। यसैबीच आगोले ठुलो रुप लियो र महिलाको चित्कार सुनेर स्थानीयहरु पनि भाग्न थाले। आगलागीका कारण भान्सामा राखिएको चामल, दाल लगायतका भाँडाकुँडाहरु जलेर नष्ट भएको छ। त्यसपछि स्थानीयले आगो निभाउने प्रयास गर्न थाले।

यो जानकारी दमकल विभागका कर्मचारीहरूलाई पनि दिइएको थियो। दमकलका कर्मचारीले एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए।

About Author

Advertisement