सिलगढी: एसओजी, मटिगढा र मेडिकल चौकीका पुलिसले कलमजोत क्षेत्रको मनोज घाट नजिकबाट लागूऔषध तस्करीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै अभियुक्तको नाम कृष्ण राय र प्रदीप सिंह रहेका छन्।

दुवै अभियुक्तको साथबाट पुलिसले ५ सय ग्राम ब्राउन सुगर बरामद गरेको छ। अर्कोतर्फ पुलिसले खोजीका क्रममा दुवै अभियुक्तको नजिकै रहेको झोलाभित्रबाट २३ लाख रुपियाँ नगद फेला पारेको छ।

एउटा स्कुटी पनि बरामद भएको छ। पुलिसले दुवै आरोपीलाई एनडीपीएस ऐन अन्तर्गत पक्राउ गरी आइतबार सिलगढी अदालतमा पेश गरेको थियो। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।










