सिलगढीको सूर्यसेन पार्कलाई नयाँ रूपमा सजाइने

IMG_20230421_210111.png

सिलगढी: सिलगढीको सूर्यसेन पार्कको जीर्णोद्धार गरिने भएपछि आज आर्किटेक्ट पीआर मेहताले पार्कको निरीक्षण गरे। सिलगढी नगरनिगमले सूर्यसेन पार्कको जीर्णोद्धार गर्ने निर्णय लिएको छ भने यसको काम पनि शुरू भइसकेको छ। यसैले आज आर्किटेक्ट पीआर मेहताले पार्कको निरीक्षण गरे। यस अवधि सम्बन्धित विभागका मेयर परिषद सिकता दे बसु राय र अन्य इञ्जिनियरहरू पनि उपस्थित थिए। मेयर गौतम देवले पार्कमा रहेको पोखरीलाई नयाँ प्रकार सजाइने कुरा गरेका थिए। यसैले आज आर्किटेक्ट पीआर मेहताले पार्कको निरीक्षण गरेका हुन्। मेयर परिषद सिक्ता दे बसु रायले बताएअनुसार सूर्यसेन पार्कलाई हरियालीयुक्त बनाइनेछ। यसबाहेक पार्कमा नानीहरूको खेलौना फलाम तथा प्लास्टिकको बद्ली प्राकृतिक सामग्रीले बनाइने विचार गरिरहेका छौं। पार्कमा नानीहरूको मनोरञ्जनको लागि खरायो ल्याइनेछ।

About Author

Advertisement