सिलगढी: सिलगढी नगर निगमको १३ नम्बर वार्डका बासिन्दा रौनक गिलराले आई.एस.सी. परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै उत्तर बंगालमा प्रथम स्थान प्राप्त गरे। साथै उनले अखिल भारतीय स्तरमा सम्भावित तेस्रो स्थान हासिल गरी सहरको नाम उज्यालो बनाए।यस गौरवपूर्ण उपलब्धिका लागि सिलीगुडी नगर निगमका अध्यक्ष गौतम देव ले रौनक गिलरालाई हार्दिक बधाई दिए। उनले भने कि रौनकको यो सफलता केवल उनको परिवारका लागि मात्र होइन, सम्पूर्ण सिलीगुडी सहरका लागि गर्वको विषय हो।महापौरले थप भने कि कठोर परिश्रम, एकाग्रता र समर्पणबाट मात्र यस्तो सफलता सम्भव भयो। उनले रौनकको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिए।सहरका विभिन्न क्षेत्रबाट पनि रौनकको यस उपलब्धिको प्रशंसाको क्रम जारी रहेको छ।









