३ अगस्तः भारतको ७६औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा बर्मिओक (सिक्किम)-मा आयोजित बर्मिओक एथिंग राई बाहादुर टी.डी. डेनसापा मेमोरियल फूटबल टुर्नामेण्ट (सिल्वर जुब्ली सेलिब्रेशन)-मा सिलगढ़ी युनाइटेड एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार खेलिएको म्याचमा सिलगढ़ी युनाइटेड एफसीले थांगसिंग एफसीलाई टाईब्रेकरमा ६-५-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो।









