सिलगढ़ी जङ्क्शनबाट आठ जना बङ्गलादेशी नागरिक पक्राउ

Screenshot_20260608_232421_Chrome

अवैध रूपमा भारत पसेका थिए, हल्दीबाड़ी हुँदै बङ्गलादेश फर्किने दाउमा थिए

सिलगढ़ी: राज्यमा घुसपैठ (अवैध प्रवेश)-लाई रोक्नका लागि सुरक्षा व्यवस्था कड़ा पारिएको वर्तमान स्थितिमा सिलगढ़ी जङ्क्शन रेलवे स्टेशनबाट आठ जना बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गरिएको छ।
​यो कारबाही रेलवे सुरक्षा बल (आरपीएफ) र जीआरपीको संयुक्त टोलीले गएको आइतवार राति गुप्त सूचनाको आधारमा गरेको हो।
​रेल पुलिस सुत्रले जनाए अनुसार, यी सबै बङ्गलादेशी नागरिकहरू राधिकापुर एक्सप्रेस चढेर सिलगढ़ी जङ्क्शन आइपुगेका थिए। प्रारम्भिक जाँचबुझबाट थाहा लागे अनुसार, उनीहरू विगत लामो समयदेखि भारतका विभिन्न भागहरू, विशेष गरी दिल्लीमा श्रमिकको रूपमा काम गर्दै आइरहेका थिए। त्यहाँबाट फर्केर पुनः बङ्गलादेश जानका लागि उनीहरू सिलगढ़ीमा उत्रेका थिए।
​जाँचबुझको क्रममा आरोपीहरूले बताए कि, उनीहरूले सिलगढ़ीदेखि हल्दीबाड़ीको बाटो भएर सीमा पार गरी बङ्गलादेश छिर्ने योजना बनाइरहेका थिए। तथापि, जाँचको समयमा उनीहरूले कुनै पनि वैध दस्तावेज, पासपोर्ट वा भिसा देखाउन सकेनन्, जसका कारण उनीहरूलाई पक्राउ गरियो।
​एसआरपी कुँवर भूषण सिंहले सोमवार जानकारी दिँदै बताए कि, गुप्त सूचना पाएपछि संयुक्त टोलीले स्टेशनमा विशेष अभियान चलाएको थियो। सोधपुछका क्रममा आरोपीहरूले कामको खोजीमा भारत आएको र अहिले आफ्नै देश फर्किने प्रयास गरिरहेको कुरा स्वीकार गरेका छन्। उनीहरू कुन बाटो भएर भारतभित्र छिरेका थिए र यसको पछाडि कुनै सङ्गठित गिरोह सक्रिय छ कि छैन भन्ने विषयमा पुलिसले गम्भीरतापूर्वक जाँच गरिरहेको छ।
​पुलिसका अनुसार, पक्राउ परेका आठ जनामध्ये चार जना बङ्गलादेशको दिनाजपुर जिल्ला र चार जना नीलफामारी जिल्लाका बासिन्दा हुन्। सबै आरोपीहरू विरुद्ध फरेनर्स एक्ट (विदेशी ऐन) अन्तर्गत मामिला दर्ता गरिएको छ। सोमवार उनीहरूलाई सिलगढ़ी महकुमा अदालतमा पेश गरिनेछ र मामिलाको थप कडीहरू फेला पार्नका लागि पुलिसले उनीहरूलाई रिमाण्डमा लिने तयारी गरिरहेको छ।

About Author

Advertisement