सिटिजन एक्सन पार्टी सिक्किमको जनसम्पर्क अभियान जारी

n5557668581699711939161d042ac21d212aeb0c0b35e72704fc3ae3023205702ee722d2c647caaed56ae0e.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी-सिक्किम अन्तर्गत एसीईसी देन्तामले दिपावली हाटको छेक पार्दै बजारमा पार्टीको संदेश पुऱ्याउने तथा जनसम्पर्क अभियान चलाएको छ। पार्टीको दोकान साथै बजार गर्न आउने देन्तामवासी जनतालाई हातमा पार्टी साहित्य, सिद्धान्त, दर्शन र भावी कार्यक्रम सम्बन्धमा तयार पारिएका सामग्रीहरु हस्तान्तरण गरेको छ।

उक्त जानकारी पार्टी प्रवक्ता प्रकाश पराजुलीले आज जारी एक प्रेस विज्ञप्तिमा दिएका छन्।

यस अभियानलाई सफल पार्न एसीईसी देन्तामका अध्यक्ष अपर्ण लिम्बू, सुरक्षा परिषदका उपाध्यक्ष एनबी राई, आरसी राई, विद्यार्थी परिषदका एसीईसी अध्यक्ष साजन राई, आईटी सेलका सदस्य संजय खतिवडा लगायत पार्टीका विभिन्न पदाधिकारी, कार्यकर्ता र समर्थकहरुको पनि उपस्थिति रहेको बताइएको छ।

विज्ञप्ति अनुसार, नोभेम्बर महिनाभरी सिटिजन एक्सन पार्टी- सिक्किमको यो जनसम्पर्क अभियान सबै जिल्ला र क्षेत्रहरूमा संचालन गर्नेछ भने आगामी दिसम्बर महिनादेखि अर्को चरणको प्रचार-प्रसार अभियान पार्टीले संचालन गर्नेछ। अहिलेसम्म भएको यस अभियानको अनुभव अत्यन्तै सकारात्मक रहेको बताइएको छ।

सिक्किमे नागरिकहरुले सिटिजन एक्सन पार्टी- सिक्किम र पार्टीको मूल लक्ष्य व्यापक सुधारलाई स्वीकार गरिसकेको दाबी गरिएको छ।

About Author

Advertisement