गान्तोकः सिटिजन एक्सन पार्टी सिक्किमले आज गेजिङ-बर्मेक निर्वाचन क्षेत्रको बर्मेक बजारमा गेजिङ जिल्ला स्तरको सभा आयोजन गऱ्यो। पार्टी अध्यक्ष एल.पी. काफ्ले, मुख्य समन्वयक गणेश राई लगायत पार्टीका सबै पदाधिकारी अनि बर्मेक क्षेत्रका आम नागरिकको उपस्थितिमा आयोजित सभामा पुजन खड्का, लक्ष्मी प्रसाद भट्टराई, दिलमोती लिम्बू, अन्जु शर्मा, आशिष राई पी.डी. शेर्पा, तारा गुरुङ, ओङदिला भोटिया श्रीमती सुस्मिता छेत्री आदिले आफ्नो वक्तव्य राखेका थिए।
यसै अवसरमा एम.बी. लिम्बूको शब्द, प्रकाश राईको संगीत र स्मिता प्रधानको स्वरमा रहेको पार्टीको गीतको विमोचन गरिएको सिटिजन एकेसन पार्टीको पश्चिम जिल्लाका प्रचार प्रसार प्रमुख खगेन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। यस सभालाई पार्टीका कार्यकारी अध्यक्ष डीबी चौहान, मुख्य समन्वयक गणेश राई र पार्टी अध्यक्ष एलपी काफ्लेले सम्बोधन गरेका थिए। उनीहरूले सुधारको राजनीति सिक्किमे राजनीतिमा अपरिहार्य भएको बताए। पार्टीका संयोजक गणेश राईले यस निर्वाचन क्षेत्रका नागरिकले धेरै अघिदेखि पार्टीलाई निमन्त्रणा गरेको बताउँदै सिक्किम र सिक्किमेको भाग्य र भविष्यको चिन्तक केवल सिटिजन एक्सन पार्टी मात्र तयार भएको बताए।
पार्टी अध्यक्ष एलपी काफ्लेले पार्टीको सैद्धान्तिक पक्षलाई कार्यकर्ता र जनता समत्क्ष राखेरका थिए। यस सभामा विभिन्न निर्वाचन क्षेत्रबाट धेरै युवा पार्टीमा सामेल भएको दाबी गरिएको छ। पार्टी अध्यक्ष र प्रमुख संयोजक दुवैले पार्टीमा सामेल भएका सदस्यहरुलाई स्वागत जनाए। यसै अवसरमा नाम्चेबुङ समष्टिकी एस के एम कार्यकर्ता श्रीमती सुस्मिता छेत्री एवं अन्य धेरैले सिटिजन एक्सन पार्टीमा सामेल भएको विज्ञप्तिमा जनाइएको छ। सभाको अवसरमा नाम्ची जिल्लाका धेरै चालकहरुलाई कार्यालय आदेश वितरण गरिएको छ भने नाम्ची जिल्ला अखिल सिक्किम चालक परिषदको विस्तार पनि गरिएको छ। सिटिजन एक्सन पार्टीले गत १२ जुलाईमा केन्द्रिय कार्यकारिणी परिषदको सभामा उल्लेखित प्रस्तावको आजको सभामा बहस गरिएको थियो।











