मङपू: सिञ्चेल वनविभागको आयोजनमा आज वन महोत्सव पालन गर्दै मङपू सिकसिन फरेस्ट बस्ती क्षेत्रको एक हेक्टर जमीनमा मोठ २५०० वटा रुखका विरुवाहरू रोपियो। दार्जिलिङ सिन्चेल वन विभागका रेञ्जर उत्तम प्रधानको नेतृत्वमा सो रुखका विरुवाहरू रोपिने कार्य गरियो। यसभन्दा अघि विभिन्न धर्मका धर्मगुरुहरूद्वारा प्रार्थना गरेपछि स्थानीय विभिन्न विद्यालयका विद्यार्थीहरू लगायत विभिन्न संघ संस्था, समाज तथा पुलिसका जवान अनि अधिकारीहरूले आज यहाँ विभिन्न प्रजातिका रुखका विरुवाहरू रोपे आज लगाइको विशेष काउलो, काफल लगायत अन्य थुप्रै प्रजातिका रुखका विरुवाहरूको स्यार- सुस्वार वन विभागले गर्ने बताइएको छ।

यस अवसरमा सिञ्चेल वाईल्ड लाईफ फरेस्ट रेञ्जर उत्तम प्रधानले दार्जिलिङ वन विभाग डीएफओ (आईएफएस) विश्वनाथ प्रताप लगायत सम्पूर्ण संघ-संस्था, सिकसिन समाज, मङपू पुलिस, विभिन्न स्कुलका शिक्षक- शिक्षिकागण अनि धर्मगुरुहरुलाई आजको कार्यक्रममा सहभागिता जनाएकोमा आभार व्यक्त गरेका छन्।

आजको विरुवा रोपन कार्यक्रम अवधि सिञ्चेल वाइल्ड लाईफ क्षेत्रलाई प्लास्टिक मुक्त राख्ने उपस्थित सबैले प्रतिवद्धता जनाउँदै हस्ताक्षर अभियान पनि गरियो।








