सिङ्ताम भानु उद्यान संरक्षण समिति गठन

IMG-20221212-WA0365.jpg

सिङ्ताम: खाम्दोङ सिङ्ताम निर्वाचन क्षेत्रअन्तर्गत सिङ्ताममा अवस्थित भानु उद्यानको संरक्षणको निम्ति आज एक सभा सम्पन्न भयो। उक्त सभामा भानु उद्यन संरक्षण समिति गठन गरिएको छ। मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराजको अध्यक्षतामा सम्पन्न सभाले सिङ्ताम भानु उद्यान संरक्षण समिति नामकरण गरि एक संरक्षण समिति गठन गरेको छ। उक्त समितिमा प्रमुख संरक्षक- क्षेत्र विधायक एंव मन्त्री डा. एम. के. शर्मा रहेको छ भने संरक्षकगणमा रोहित राज महाराज, रघुवीर अग्रवाल, सिङ्ताम नगर पञ्चायत, अध्यक्ष एल. एन. प्रधान, उपाध्यक्ष श्याम कुमार राई र मोहन प्रधान नीरज, संयुक्त सचिव शितल प्रधान लगायत अन्यहरूलाई पनि सामेल गरिएको छ। सिङ्ताम भानु उद्यानको विकास, सुन्दरीकरण र संरक्षणको निम्ति यस समितिले अहम भूमिका निभाउने भएको छ भने भानु उद्यान परिसरमा पुस्तकालय एंव शौचालय निर्माणको निम्ति मुख्यमन्त्रीसमक्ष एक माग पत्र पनि चढ़ाउने उक्त सभाले प्रस्ताव पारित गरेको छ।

About Author

Advertisement