सिङताम-रम्फूबिच वाहनहरूको आवागमन सुचारू

IMG-20230528-WA0320-5-300x172-2

रम्फू: राष्ट्रिय राजमार्ग १० अन्तर्गत सिङताम र रम्फूबिच शुक्रवार बिहानदेखि वाहनहरूको आवागमन शुरू भएको छ। टिस्टा नदीमा आएको बाढ़ीले सिङताम-रम्फूबिच धेरै ठाउॅंहरूमा व्यापक क्षति पुऱ्याएको थियो।

यस मार्गमा गत बुधवारदेखि नै यातायात ठप्प थियो। टिस्टा नदीको बाढीले ल्याएको ढुङ्गा-माटो र बलुवाले बाटो पुरिएको थियो भने केही ठाउॅंमा बाटो ध्वस्त बनाएको थियो। बाटो सफा गरेपछि आजदेखि यातायात सुचारू बनेको छ।

सिङताम छेउ बरदाङमा बाढीले सेनाका २३ जवानलाई बगाएको थियो भने एक जवानलाई सकुशल उद्धार गरिएको छ। रहल २२ जवानहरूको निम्ति सेनाले राहत एवं उद्धार कार्य जारी राखेको छ।

About Author

Advertisement