सिङतामका बाढी प्रभावित परिवारहरूलाई अनुग्रह राशि प्रदान

n5466866461697129672563cd863fdefe96060ec319d5870dd6fa02f538771aab8d5d1093a57e2ddd96362d.jpg

सिङताम: गान्तोक जिल्लाका जिल्लापाल तुषार जी निखारेले आज बाढी प्रभावित परिवारहरूलाई तत्काल राहत स्वरूप अनुग्रह राशिको चेक हस्तान्तरण गरे। यस अवसरमा जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू पनि उपस्थित थिए।

बाढीको चपेटमा परेर सम्पत्ति, पशुधन र अन्य क्षतिहरूका लागि अनुग्रह राशि प्रदान गरिएको हो। सिङताम, वार्ड नम्बर ४, लाल बजारका बाढी प्रभावितहरूलाई चेक हस्तान्तरण गरिएको छ। कुल २३ जनालाई चेक प्रदान गरिएको बताइएको छ।

About Author

Advertisement