गान्तोकः राजधानीमा जारी प्रोबो सिक्किम प्रीमियर डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा सिक्किम हिमालयन एससीले युनिकर्न एफसीलाई ३-० गोलले पराजित गऱ्यो। यस जितका साथै सिक्किम हिमालयन एससीले १६ पोइन्ट्स हासिल गरेको छ।
सिक्किम हिमालयन एससीले प्रीमियर डिभिजन लिग जित्न सक्ने सम्भावना धेरै बढेर गएको छ। सिक्किम हिमालयन एससीले आफ्नो अन्तिम म्याच जितेको खण्डमा यो उपाधि आफ्नो नाम गर्न सक्नेछ। यद्यपि, अर्को म्याच सिक्किम पुलिस एकादश विरूद्ध रहेको छ।
सिक्किम पुलिसले लिगमा अहिलेसम्म एउटै पनि म्याच हारेको छैन। सिक्किम पुलिस १८ अङ्कका साथ लिग तालिकामा शीर्षमा रहेको छ। आजको खेलमा विजयी दलका खेलाडी सजय राईलाई म्यान अफ् द म्याच चयन गरियो। आज भवन तथा आवास विभागका प्रधान निदेशक छितेन दोर्जी भोटिया मुख्य अतिथि थिए।










