एनडीएको बैठकमा सहभागी बन्न पाउनु सौभाग्यको कुराः मुख्यमन्त्री

IMG-20230719-WA0366.jpg

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका (एनडीए) का सहयोगीहरूको बैठकमा सहभागी बन्न पाउनु सौभाग्यको कुरा रहेको बताएका छन्। एनडीएको बैठक मंगलवार नयॉं दिल्लीमा बसेको थियो जसको अध्यक्षता प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।

मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा एनडीएको बैठकमा सहभागी बन्न पाउनु सौभाग्यको कुरा बताएका छन्। उनले भनेका छन्, समन्वय बैठकलाई प्रधानमन्त्री मोदीले सम्बोधित गरेका थिए। बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमाथि चर्चा भएको र देशको समग्र विकासको निम्ति आपसी प्रतिबद्धता व्यक्त गरेको अवगत गराएका छन्।

About Author

Advertisement