सिक्किम सरकारको आधिकारिक घोषणा: गेजिङ जिल्लामा मतदाता सूची संशोधन कार्य तीव्र, १६औँ दिन ८९१ लगत फारम वितरण

acd11c5d-7ab6-4e18-a858-1368fb02a337

गेजिङ: सिक्किम सरकारको आधिकारिक फेसबुक पेजमार्फत जारी गरिएको एक सूचना अनुसार, गेजिङ जिल्लामा जारी विशेष सघन संशोधन (एस आई आर) २०२६ अन्तर्गत आज सोह्रौँ दिन बेलुकी ५:०० बजेसम्म जिल्लाभरि जम्मा ८९१ वटा लगत फारम वितरण गरिएको छ। सरकारद्वारा साझा गरिएको आधिकारिक तथ्याङ्क अनुसार विधानसभा निर्वाचन क्षेत्र क्षेत्रगत रूपमा फारम वितरणको विवरण हेर्दा ०१-युक्सम-ताशिदिङ समष्टिमा १५९ वटा, ०२-याङ्थाङ समष्टिमा ३८४ वटा, ०३-मानेबुङ-देन्ताम समष्टिमा ६८ वटा अनि ०४-गेजिङ-बर्मेक समष्टिमा २८० वटा फारम वितरण भइसकेको छ।
​सरकारी सूचनामा जनाइए अनुसार यस संशोधन कार्यलाई सफलतापूर्वक र पारदर्शी ढङ्गमा सम्पन्न गर्नका निम्ति बुथ स्तरका अधिकारीहरू (बीएलओ) ले मतदाताहरूको विवरण प्रमाणीकरण अनि अद्यावधिक गर्न घर-घरै पुगेर आवश्यक सहयोग पुऱ्याइरहेका छन्। सरकारले यो विशेष अभियान आगामी २८ जून २०२६ सम्म निरन्तर जारी रहने कुरा स्पष्ट पारेको छ। यस पालि विशेष गरी युवा वर्ग अनि पहिलो पटक मतदान गर्न योग्य भएका नयाँ मतदाताहरूको नाम दर्ता गराउन र उनीहरूको विवरण अद्यावधिक गर्न विशेष जोड दिइएको छ, ताकि मतदाता सूचीमा सबैको सही प्रतिनिधित्व सुनिश्चित हुन सकोस् अनि राज्यको लोकतान्त्रिक सहभागिता अझ सुदृढ बनेर जाओस्।

About Author

Advertisement