सिक्किम लोक सेवा आयोग अध्यक्षको राज्यपालसँग बैठक

IMG-20240717-WA0003

गान्तोक: सिक्किम लोक सेवा आयोगका अध्यक्ष कुल्दीप छेत्रीले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। अध्यक्षको पदभार ग्रहण गरेपछि राज्यपालसँगको अध्यक्ष छेत्रीको यो पहिलो भेट हो। यस अवसरमा आयोगका सदस्य मिलन कुमार सुब्बा र सहासचिव छिरिङ डी पनि सामेल थिए। भेटको क्रममा राज्यपालले आयोगको कार्यप्रणालीबारेमा जानकारी लिँदै छेत्रालाई सफल कार्यकालको लागि शुभकामना दिए।

About Author

Advertisement