सिक्किम राइजिङ स्टार फूटबल च्याम्पियशीप

IMG-20241221-WA0388

गान्तोक: सिक्किम फूटबल एसोसिएशनसितको सहकार्यमा भारतीय सेनाको त्रिशक्ति कर्प्सद्वारा आयोजित सिक्किम राइजिङ स्टार २.० अण्डर-१७ फूटबल च्याम्पियनशीपको आज पनि जम्मा म्याच सम्पन्न भयो। सधैंजस्तै आज पनि गान्तोकको पाल्जोर स्टेडियम र नाम्चीको भाइचुङ स्टेडियममा दुई-दुईवटा म्याच खेलिएको थियो।
पाल्जोरमा पहिलो म्याच महिला वर्गको सेमी फाइनल खेल मानेबुङ देन्ताम स्पोर्ट्स सोसाइटी र यूनाइटेड बोजोघारी स्पोर्टिङ क्लबबीच खेलियो जसमा मानेबुङ देन्ताम स्पोर्ट्स सोसाइटी शुन्यको विरुद्ध एक गोलले विजयी बन्यो। म्याचको एकमात्र गोल छोडेनला भोटियाले गरिन्। यसको साथै मानेबुङ देन्ताम स्पोर्ट्स सोसाइटी फाइनल पुगेको छ।
दोस्रो म्याच पाकिम यूनाइटेड र सिङ्गलिङ स्पोर्ट्स एकाडेमीबीच खेलिएको थियो। एकतर्फी म्याचमा सिङ्गलिङ स्पोर्ट्स एकाडेमीले पाकिम एकाडेमीलाई शुन्यको विरुद्ध पाँच गोलले धुलोपिठो पाऱ्यो। सिङ्गलिङ स्पोर्ट्स एकाडेमीको पक्षमा एस मंगर र एस लेप्चाले दुई-दुई गोल गरे भने याङ्गरिप लेप्चाले एक गोल गरे। यसरी फराकिलो जितको साथमा फाइनलमा पुगेको सिङ्गलिङ स्पोर्ट्स एकाडेमीको भिड़न्त आज नै फाइनलमा पुगेको मानेबुङ देन्ताम स्पोर्ट्स सोसाइटीसित हुनेछ।
अर्कोतिर आज नाम्चीको भाइचुङ स्टेडियममा पनि पुरुष वर्गको दुईवटा म्याच सम्पन्न भयो। पहिलो म्याच सञ्चु फूटबल एकाडेमी र यङ्ग बोइल फूटबल एकाडेमीबीच खेलियो जसमा सञ्जु फूटबल एकाडेमी शुन्यको विरुद्ध तीन गोलले विजयी बन्यो। बिजेता दलको पक्षमा नीसाक हाङ लिम्बू, अमन गुरुङ र छोरडेनलाले एक-एक गोल गरे।
यसरी नै दिनको दोस्रो म्याच फ्रेण्डस एफसी र सिनालचुए एफसीबीच खेलियो जून बराबरीमा समाप्त भयो। अत्यन्त रोमाञ्चक म्याचको नियमित समयसम्म कुनै पनि दलले गोल लगाउन नसकेपछि म्याच बराबरीमा समाप्त भएको हो।

About Author

Advertisement