सिक्किम युनिभर्सिटीमा विश्व कविता दिवस पालन

IMG-20250322-WA0352

गान्तोक: सिक्किम विश्वश्वविद्यालयको नेपाली विभागका शोधार्थीहरूद्वारा विश्व कविता दिवस पालन गरियो। कार्यक्रम सिक्किम विश्वविद्यालयको याङग्याङ क्याम्पसमा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विश्वविद्यालयका छःवटा विभागहरू क्रमश: नेपाली, लिम्बू, लेप्चा, भोटिया, अन्तराष्ट्रिय सम्बन्ध र राजनीति शास्त्रका विद्यार्थीहरू सहभागी थिए। यसअन्तर्गत विभिन्न भाषामा स्वरचित कविताहरू वाचन गरिएको थियो। उक्त कार्यक्रमको अध्यक्षता नेपाली विभागकी सहायक प्राध्यापक डा अरुणा राईले गरेकी थिइन भने यसै विभागका अथिति प्राध्यापक डा सुमन वान्तवा र डा सुरज गुरुङ पनि उपस्थिति थिए। कार्यक्रममा अङ्ग्रेजी, नेपाली, लिम्बू, भोटिया, लेप्चा अनि हिन्दी भाषाका कविताहरू पाठ गरिएका थिए। यसबीच अदित्य क्षेत्रीद्वारा गीत प्रस्तुत गरिएको थियो। अध्यक्षीय सम्बोधनमा डा राईले विश्व साहित्यको स्तर तथा समकालिन साहित्य लेखनप्रति सचेत रहनुपर्ने आह्वान गरिन्। यस कार्यक्रमको सञ्चालन शोधार्थी प्रितम घतानीले गरेका थिए भने धन्यवाद ज्ञापन शोधार्थी रोशनी भूजेलले गरेकी थिइन।

About Author

Advertisement