माउसेस-को सिङताम बजारमा युवा सचेतना कार्यक्रम

IMG-20250323-WA0298

गान्तोक: मानव उत्थान सेवा समिति रम्फू तहसीलअन्तर्गत सिङताम शाखाको विशेष सक्रियतामा सिङताम मण्डी बजारमा आज एक दिवसीय युवा सचेतना एवं सन्त समागम आयोजना गरियो। यस कार्यक्रममा १७ खाम्दोङ-सिङताम निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री एनबी दाहालकी धर्मपत्नी सविना राई मुख्य अतिथिको रुपमा आसिन थिइन भने मुख्यमंत्रीका राजनैतिक सल्लाहकार तथा कथावाचक रोहित राज महाराज, मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रकी अध्यक्ष महात्मा दीपिका बाईजी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गान्तोक तहसील प्रभारी महात्मा निलम्बरी बाईजीले बालक अवस्थादेखि युवा र वृद्ध अवस्थासम्म जस्तो कार्य गर्छ त्यसको हिसाब हुने बताइन्। यसरी नै मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार रोहित राज महाराजले आफ्नो सम्बोधनमा जीवनमा सबै किन्न पाइने र सबै संरक्षण गर्न सकिने तर सत्संग र सन्त-समागममा सन्तहरूद्वारा निस्केको वाणी मानव समाजले विरलैले मात्र प्राप्त गर्न सकिने बताए। समाजले परब्रम्हलाई जान्नु भन्दा पहिला आफैलाई जान्न जरूरी रहेको जानकारी गराए। ज्ञान प्राप्त गरेर ध्यान साधना गरे विश्व ब्रहमाण्डको शक्ति त्यो ध्यानमा समाहित रहने अवगत गराए। यसरी नै मुख्य अतिथि सविना राईले आज समय तनाउग्रस्त रहेको र यसको समाधान केवल सत्संगद्वारा मात्र सम्भव रहेको बताइन्। उनले मानव उत्थान सेवा समितिले जहिले पनि आत्मा उत्थान र समाज उत्थानको कार्य गर्दै आइरहेको बताइन्। सत्संगी कार्यक्रम प्रत्येक शहर बजारमा आयोजना गरिनुपर्ने आवश्यकतामाथि जोड दिइन्।

About Author

Advertisement