गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति राज्यका जनताको तर्फबाट गहिरो कृतज्ञता व्यक्त गरे। उनले व्यस्त कार्यतालिका, जिम्मेवारी तथा बैठकहरूको बाबजुद कोलकाताबाट सिक्किम आइपुग्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गरे। मुख्यमन्त्रीले प्रधानमन्त्रीको गरिमामय उपस्थितिले यस अवसरलाई विशेष बनाएको र राज्यका लागि ठूलो आशीर्वाद सावित भएको बताए।

उनले बिहान सबेरैदेखि राज्यका विभिन्न भागबाट आएर प्रधानमन्त्रीलाई स्वागत गर्न जुटेका सम्पूर्ण नागरिकप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरे।मुख्यमन्त्रीले सिक्किम क्रान्तिकारी मोर्चा तथा भारतीय जनता पार्टीका पदाधिकारी र कार्यकर्ताहरू, साथै तिनका विभिन्न संगठनहरू—नारी, युवा, चालक, खेलकुद, विद्यार्थी, ठेकेदार तथा सांस्कृतिक शाखाका सदस्यहरू—प्रति विशेष आभार व्यक्त गरे। साथै उनले सभामुख, उपसभामुख, मन्त्रीहरू, विधायकहरू, सल्लाहकारहरू, अध्यक्षहरू, राजनीतिक सचिवहरू तथा सिक्किम सरकारका सम्पूर्ण गण्यमान्य व्यक्तित्वहरूलाई पनि धन्यवाद दिए।त्यसैगरी मुख्य सचिव, प्रहरी महानिरीक्षक तथा सिक्किम सरकारका सम्पूर्ण कर्मचारी, प्रहरी र आपतकालीन सेवाका सदस्यहरू तथा भारत सरकारका अधिकारीहरूको समर्पित प्रयासप्रति उनले कृतज्ञता व्यक्त गरे। विभिन्न गैरसरकारी संस्था, सामाजिक, आध्यात्मिक तथा सामुदायिक संस्थाहरू, २१ समुदायका प्रतिनिधिहरू, भूतपूर्व सैनिक, खेलकुद संस्था, विश्वविद्यालयका विद्यार्थी, अवकाशप्राप्त सुरक्षाकर्मी, सारथी सदस्यहरू, खेलाडीहरू, अवकाशप्राप्त सरकारी कर्मचारी, आशा कार्यकर्ता, स्वसहायता समूह तथा आङ्गनवाडी कार्यकर्ताहरूको उपस्थितिप्रति पनि उनले धन्यवाद ज्ञापन गरे।

आध्यात्मिक क्षेत्रका प्रतिनिधिहरू—लामा, झाँक्री, पण्डित तथा अन्य धार्मिक व्यक्तित्वहरू—प्रति पनि उनले विशेष आभार प्रकट गरे।अन्त्यमा मुख्यमन्त्रीले सबैलाई २८ अप्रिलमा पाल्जोर रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन हार्दिक आह्वान गरे। बिहान ८ बजेअघि नै उपस्थित भई प्रधानमन्त्रीको सम्बोधन सुन्न र उनको आशीर्वाद ग्रहण गरी कार्यक्रमलाई भव्य र स्मरणीय बनाउन आग्रह गरे।









