सिक्किम: मुख्यमन्त्रीले दिए मंगर समुदायलाई बाराहिमिजोङको शुभकामना

IMG_20220708_234950.jpg

गान्तोक: सिक्किमको मुख्यमन्त्री प्रेमसिंह तामाङले बाराहिमिजोङको अवसरमा सिक्किम राज्यवासीहरू, विशेष रूपमा मंगर समुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘यस विशेष दिनमा समुदायका सदस्यहरू भेला हुन्छन् र विभिन्न धार्मिक अनुष्ठानहरू गरेर आफ्ना पुर्खाहरूलाई श्रद्धाञ्जली अर्पण गर्छन्।’ यस शुभ पर्वले हामीलाई साम्प्रदायिक सद्भाव, भ्रातृत्व प्रवर्द्धन गर्न र सिक्किमका जनता बीचको सम्बन्धलाई अझ बलियो बनाउने प्रेरित गरून् भनी उनले कामना पनि गरेका छन्।

About Author

Advertisement