सिक्किम भेटेरिनरी एसोसिएशन र काउन्सिलको चुनाउ सम्पन्न

IMG_20221021_215713.jpg

गान्तोक: आज सिक्किम भेटेरिनरी एसोसिएशन र काउन्सिलको चुनाउ सम्पन्न भएको छ। पशुपालन एवं पशु चिकित्सा सेवा विभागको एक्सटेन्शन एवं हलमा सम्पन्न भएको चुनाउमा एसोसिएशन र काउन्सिलका पदाधिकारीहरू निर्वाचित भएका छन्।
सिक्किम भेटेरिनरी एसोसिएशनको अध्यक्ष पदमा डा. सन्दिप गुरूङ निर्वाचित भएका छन्। यसरी नै डा. कर्मा टी. भोटिया महासचिव, डा. दुर्गा प्रधान कोषाध्यक्ष, डा. प्रतीक शर्मा प्रचार सचिव र डा. प्रवीण शर्मा संयुक्त महासचिव निर्वाचित भएका छन्। यसरी नै सिक्किम भेटेरिनरी काउन्सिलमा डा. फुर्बा लेप्चा, डा. टीबी घतानी, डा. सुनिता जोशी र डा. पेम टी. भोटिया निर्वाचित भएका छन्।

About Author

Advertisement