सिक्किम नगरपालिका निर्वाचन २०२६: गान्तोकको वार्ड नम्बर १० मा नमूना मतदान सम्पन्न, बिहानदेखि मतदान सुरु

FB_IMG_1777024460348

गान्तोक: सिक्किम नगरपालिका निर्वाचन २०२६ अन्तर्गत गान्तोक नगरपालिका निगमको वार्ड नम्बर १० (डिजेल पावर हाउस) मा आज बिहान नमूना मतदान सफलतापूर्वक सम्पन्न गरियो। बिहान ७ बजे पाल्जोर नामग्याल गर्ल्स उच्च माध्यमिक विद्यालयस्थित तीनवटा मतदान केन्द्रमा नमूना मतदान गरियो।
नमूना मतदानमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रह्यो। सो क्रममा प्रमुख मतदान अधिकृतले विद्युतीय मतदान यन्त्रको कार्यप्रणालीबारे विस्तृत जानकारी प्रतिनिधिहरूलाई दिए।
यसपछि आज बिहान ८ बजेदेखि नगरपालिका निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ, जसमा मतदाताहरूको सक्रिय सहभागिता देखियो।
उक्त विद्यालयमा जम्मा तीनवटा मतदान केन्द्र स्थापना गरियो। गान्तोक नगरपालिका निगम अन्तर्गतको वार्ड नम्बर १० (डिजेल पावर हाउस) को पार्षद पदका लागि सृजना क्षेत्री (भारतीय जनता पार्टी) र बिन्द्या चिन्तुरी बीच प्रतिस्पर्धा भइरहेको छ।
जिल्ला सूचना कार्यालय, गान्तोकद्वारा प्राप्त विवरण अनुसार निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

About Author

Advertisement