सिक्किमे छोरो अनिल गुरुङको राष्ट्रितस्तरमा असल प्रदर्शनी

IMG-20221224-WA0407.jpg

गान्तोक: दक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत तिङ्गले गाउँ निवासी एक युवाक अनिल गुरुङले देशको राजधानी नयाँ दिल्लीमा आयोजित राष्ट्रियस्तरको प्रतियोगिता मिस्टर एण्ड मिसेस नेक्सस इण्डिया यूनिवर्स २०२२मा चौथो स्थान ओगट्दै मिस्टर चार्मिङ २०२२को उपाधी प्राप्त गरेको छन्। विष्णुमाया गुरुङ र भक्त बहादुर गुरुङका छोरा अनिल गुरुङलाई आज सिक्किम फर्कने क्रममा रम्फूमा भव्य स्वागत जनाइयो। उनलाई स्वागत जनाउन परिवारका सदस्यहरूको साथमा नागरिक समाज अनि विभिन्न सङ्घ संस्थापा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

छोराको यस विशेष उपलब्धी बारे पत्रकारहरूसित कुराकानी गर्दै अनिलका माता-पिताले खुशी व्यक्त गरे। अर्कोतिर अनिल गुरुङले यसरी पहिलोपल्ट कुनै राष्ट्रियस्तरको प्रतियोगितमा सहभागी बन्नुको अनुभव सुखद रहेको बताउँदै अब अन्तर्राष्ट्रिय प्रतियोगिताको निम्ति तयारीमा लाग्ने बताए। यस प्रतियोगितामा सहभागिता जनाउनमा सहयोग गरेकोमा उनले क्षेत्र विधायक सञ्जित खरेललाई धन्यवाद दिएका छन्।

About Author

Advertisement