सिक्किमला नेपाली र बलिउड कलाकारलाई समावेश गरेर फिल्म निर्माण हुने

photocollage_2022101018210373.jpg

गान्तोक: सिक्किमला नेपाली र बलिउड कलाकारलाई समावेश गरेर फिल्म निर्माण हुने भएको छ। जसमा बलिउड अभिनेता सुनिल सेट्टी र नेपाली अभिनेता विपिन कार्कीले समेत अभिनय गर्ने भएका छन्। सिक्किमस्थित मेकरकै निर्माण, निर्देशन र प्राविधिक संलग्नता रहने बताइएको यो फिल्म यतिबेला कास्टिङको प्रक्रियामा छ। निर्माताले विपिनसँग छलफल चलाएका छन्। निर्मातासँग मिटिङ गर्न अभिनेता कार्की शनिबार सिक्किमतर्फ प्रस्थान गरेका थिए, तर गान्तोकमा पहिरो खसेर सडक अवरुद्ध भएपछि उनी काठमाडौं फर्कने बाटोमा छन्।
‘बलिउड र नेपाली कलाकारलाई समावेश गर्ने गरी फिल्म निर्माणको तयारी गरिएको रहेछ। मलाई पनि बोलाइएको थियो। गएको पनि थिएँ, तर पहिरोले रोकेपछि फर्किंदैछु,’ विपिनले अनलाइनखबरसँग भने। उनकाअनुसार निर्माताले सुनिल सेट्टीसहितका केही बलिउड कलाकारसँग पनि छलफल चलाइरहेका छन्। ‘अहिले छलफलकै चरणमा छ। उतातिर सुनिल सेट्टीसँग पनि लबिङ भइरहेको जानकारी पाएँ,’ विपिनले भने।

बुधबारदेखि विपिन ‘के घर के डेरा’को प्रचारप्रसारमा सहभागी हुनेछन् भने आगामी साता बलिउड फिल्म ‘एनिमल’को छायांकनका लागि मुम्बई जाने तयारीमा छन् ।

About Author

Advertisement