गान्तोक: दसैंको माहोलमा भएको लगातारको वर्षाका कारण उत्तर सिक्किमको चुङ्थाङ उपविभागको पेगोङ, लाचुङ, लाचेन लगायतका विभिन्न क्षेत्रमा सडकहरू भत्केर बिग्रिएर भताभुङ्ग भएका छन्। यसैबीच भारी वर्षाका कारण अलपत्र परेका करिब २५० पर्यटकलाई कोलचेन र लाचुङमा आश्रय दिएर राखिएको छ। यिनीहरु खानपिन सबै गुरुद्वारामा व्यवस्था गरिएको छ।

हिजोमात्र ३ सय पर्यटकलाई गान्तोक पठाइएको थियो। अझै पनि केही पर्यटक गुरुद्वारामा बसिरहेका छन्। वर्षा र पहिरोमा फसेका पर्यटकलाई प्रहरी र प्रशासनका अधिकारी र कर्मचारीले पूर्ण सहयोग गरिरहेका छन्।










