सिक्किममा कानून व्यवस्था पूर्ण रूपमा फेल भएको आरोप

3333

गान्तोकः सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका वरिष्ठ उपाध्यक्ष पीडी राईले सिक्किममा कानून व्यवस्था पूर्ण रूपमा फेल भएको आरोप लगाउँदै केन्द्र सरकारले हस्तक्षेप गर्नुपर्ने माग गरेका छ्न्‌। वरिष्ठ उपाध्यक्ष राईले एसडीएफ पार्टी अध्यक्षको आह्वानमा प्रजातान्तिक अधिकार उपयोग गर्दै आज बन्द पालन गरिएको पत्रकार सम्मेलनमा बताए। तर, जोरथाङ, रम्फू, सिङताम तथा अन्य ठाउँहरूमा अशान्ति फैलाउने काम भइरहेको र यसमा सत्तारूढ पार्टीको हात रहेको आरोप लगाए। एसकेएमले एक जिम्मेवार पार्टीले गर्नुपर्ने काम नगरेको बताउँदै राज्यमा कानून व्यवस्था पूर्ण रूपमा फेल भएको उनले बताए।

उनले केन्द्र सरकार समक्ष सिक्किममा हस्तक्षेप गर्नुपर्ने माग राखे। उनले सिक्किमका राज्यपालको अनुपस्थितिलाई लिएर पनि प्रश्न उठाए। उनले सिक्किममा आज जस्तो स्थिति उत्पन्न भएको छ, राज्यपाल सिक्किममा हुनुपर्ने हो र स्थितिमाथि निगरानी राख्नु पर्ने हो भनी बताए। उनले सिक्किममा राष्ट्रपति शासन लागू हुनुपर्छ र एसकैएम सरकारलाई अब एक विन पनि सत्तामा बस्न दिनु नहुने बताए।

आगामी ९ फरवरीको दिन एक दिने विधानसभा सत्र आयोजित हुने विषयमा बोल्दै राईले सदनमा निष्पक्ष अनि स्ततन्तरूपमा चर्चा हुनुपर्छ भनी बताए। अर्कोतिर, एसडीएफले डाकेको बन्द आज सफल भएको पनि उनले दाबी गरे। उनले बन्द सफल बनाउन खटेका पार्टी कार्यकर्ताहरूलाई धन्यवाद दिए। एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङ र पार्टी मुख्यालयमा आज ढुङ्गा प्रहार गरिएको आरोप एसडीएफले ‘लगाएको छ। पुलिसकर्मीहरूको उपस्थितिमा एसकेएमa कार्यकर्ताहरूले यस्तो कार्य गरेको दाबी गरिएको छ। एसडीएफ मुख्यालपअघि पवन चामलिङ मुर्दाबादको नारा लगाउँदै उनको पतुला पनि जलाएको बताइएको छ।

About Author

Advertisement