सिक्किमको पुलिस इक्षा सुब्बा हिन्दी सिनेमा आउने

सिक्किमः सिक्किम प्रहरीको दङ्गा विरोधी प्रहरीमा तैनाथ इक्षा सुब्बा हिन्दी सिनेमामा प्रवेश गर्न लागेकी छन्। खेतीपाती परिवारबाट आएकी इक्षाले कसरी प्रहरीमा रहेर बक्सिङ, मोडलिङका आफ्ना अन्य सपनाहरू पूरा गरिरहेकी छिन् भन्ने बताइन्। यसमा उनले आफ्ना सहकर्मी र अधिकारीहरूको साथ पाएका छन्। आफ्नो खेतीपाती परिवारको एकमात्र कमाउने सदस्य इक्षाले पनि महिलाको हैसियतमा आफ्नो संघर्ष र तितो-मिठा अनुभवको बारेमा जानकारी गराएकी थिइन्। बाल्यकालदेखि हिन्दी सिनेमासँग आवद्ध रहेकी इक्षा अहिले स्थानीय कलाकार र भारतीय सिनेमाबीच पुल बन्न चाहन्छिन्।

About Author

Advertisement