सिक्किमका समाजसेवी गौरव राज राजस्थानमा पुरस्कृत

IMG-20230313-WA0538.jpg

गान्तोक: सिक्किमका एक युवा समाजसेवी गौरव राज ग्लोबल ह्यूम्यानिटी चेञ्ज अवार्डले पुरस्कृत भएका छन्। राष्ट्रहित फाउण्डेशन ट्रस्ट एण्ड कम्यूनिटी वेलफेयर सोसाइटी र परहित सेवा समिति ट्रस्टको तत्वावधानमा राजस्थानको विकानेरमा आयोजित दुई दिवसीय समारोहमा गौरव राजलाई यो पुरस्कार प्रदान गरिएको हो। उल्लेखनीय छ, गौरव राजले पछिल्ला लामो समयदेखि समाज सेवा गर्दै आएका छन्। विशेष गरेर बिमारीहरूलाई आवश्यक्ता परेको खण्डमा रगत उपलब्ध गराउने कार्यमा उनको सेवाकार्य सराहनीय रहेको छ।

About Author

Advertisement