गान्तोक: नर्स वेलफेयर एसोसिएसनले आज गान्तोकमा ५ किलोमिटर म्याराथनको साथ नर्स सप्ताहको सप्ताहव्यापी उत्सव शुरु गर्यो। अस्पतालबाट बिहान ७ बजेबाट शुरु भएको ‘नर्स दौड’ मा एसटीएनएम अस्पताल र अन्य स्वास्थ्य संस्थाका दर्जनौं नर्सहरूले भाग लिएका थिएl उद्घाटन कार्यक्रममा नर्सिङ सुपरिटेन्डेन्ट फुर्वा लमु भुटिया, सामुदायिक नर्सिङ अधिकृत सुमित्रा राई, डेपुटी नर्सिङ सुपरिटेन्डेन्ट शशिकला तामाङलगायत संघका सदस्यहरुको नेतृत्वमा भएको थियो। उत्कृष्ट तीनमा महिला अर्थो वार्डकी शोभा मिश्रा प्रथम, ओन्कोलोजी वार्डकी सुश्री रोशनी शर्मा दोस्रो र पुरुष अर्थो वार्डकी कर्मा लादेन भुटिया तेस्रो भए। सहभागी सबै नर्सहरूले स्मारक टी-सर्ट र फिनिशर पदक प्राप्त गरे।









